दमक/झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका १४ बर्षिक एक बालक आज शिविर नजिकैको पोखरीमा मृत फेला परेका छन् । बेलडागी २ सेक्टर इ आई छाप्रो नम्बर ४ का नर बहादुर मगरका १४ बर्षिय छोरा ओसिस मगर पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।
हिजो साँझ ५ बजे तिर छाप्रोबाट हिडेका ओसिसको वव आज बिहाँन साढे ७ बजे हंसे दुम्से सामुदायिक बनका कर्मचारीले जंगलमा रहेको पोखरीमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घट्नाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।

Facebook Comments Box