दमक/ राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियनले बुधबार दमकमा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

 यूनियनका अध्यक्ष मनोहरि  घिमिरेका अनुसार दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा दमक ७ का वडाअध्यक्ष भिम पौडेलको विशिष्ट आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका नेता,कार्यकर्ताहरु, ट्रेड यूनियनमा आवद्ध मजदुरहरुको उपस्थिति रहेको थियो ।

यूनियन दमक नगर समितिका संरक्षक गंगा सिटौलाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा यूनियनका कोशी प्रदेश अध्यक्ष हर्क थुङलिङ लगायत कार्यक्रममा सहभागिहरुवीच नजिकिएको नयाँ वर्षको एकापसमा शुभकामना आदानप्रदान गरिएको थियो । महिना दिन अघि मनोहरि घिमीरेको अध्यक्षतामा २३ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन दमक नगर समिति गठन गरिएको थियो ।

Facebook Comments Box