दमक । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषि उपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहिन र बिसाक्त खानेकुराहरु खान बाध्य हुनुपरिरहेको बताएका छ्न ।                                   गृह जिल्ला झापाको शिबसताक्षीमा आज आयोजित एक कार्यक्रममा ओलीले कृषिको ब्यवसायीकरण र आत्मनिर्भरताको लागि दक्षिण एशियाली मुलुकहरुबीच सहकार्यको आवश्यकता समेत औल्याए । उनले कृषि क्षेत्रको आधुनिकीकरण र ब्यवसायिकताका क्षेत्रमा एमालेको सरकारले गरेका कामहरुको बारेमा पनि चर्चा गरे । दक्षिण एशियाली किसान सम्मेलन नाम दिइएको सो कार्यक्रमको उदघाट्न गर्न अध्यक्ष ओली आज भद्रपुर बिमानस्थल हुँदै झापा आएका हुन । ओलीले भोलि बिहीवार पार्टी निकटका किसानहरुको संगठन अखिल नेपाल किसान महासङको रास्ट्रीय सम्मेलनको पनि उदघाट्न गर्ने कार्यक्रम छ । झापाको कमल ५ स्थित आदिवासी रंगशालामा हुने ७ औं रास्टीय सम्मेलनले आगामी नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

Facebook Comments Box