बहुबिबाह मुद्धामा दुई जना कारागार चलान

Author Nishkarsha News
२०७९ चैत्र २९, बुधबार १२:५०

दमक/ झापा शिवसताक्षी १० का मोहनशम्सेर थाम्सुहाङ र पुजन सेलिङ अधिकारीलाई बहुविवाह मुद्धामा कारगार चलान भएका छन । गत असार २० मा झापा जिल्ला अदालतले गरेको फैसला अनुसार १३ महिना कैद सजाय भुक्तानका लागि उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । अदालतको फैसलापछि लुकिछिपी बसिरहेका उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्