दमक/ नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ । व्यवसायीहरूका समर्थकले हुटिङ र होहल्ला गरेपछि मतदान रोकिएको हो ।
जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान अवरुद्ध बताइएको छ । अहिले होहल्ला गर्नेहरूलाई हटाइएको छ भने मतदानस्थल प्रज्ञा भवनको सुरक्षा बढाइएको छ ।
महासंघको नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । साधारणसभाको मंगलबार उद्घाटन भएको थियो ।
साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विद्यानतः स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज निर्वाचन हुनेछ ।वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसकेका छन् । यसरी निर्वाचित हुने महासंघको वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् । साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्लारनगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एकरएक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ । वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।
महासंघको नेतृत्वमा जिल्ला नगरबाट कार्यकारिणी सदस्यमा दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोकूल श्रेष्ठको उम्मेदवारी छ । श्रेष्ठलाई दमक उद्योग वाणिज्य संघले उम्मेदवारका रुपमा प्रस्तुत गर्दै देशव्यापी चुनावी अभियान समेत सञ्चालन गरेको छ ।