दमक/ झापाको दमकमा इसाई धर्मावलम्बीहरुको अगुवाईमा आज आइतबार सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ । दमक नगर इसाइ समाजको आयोजनामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमकको पश्चिमी क्षेत्रको करिब दुई किलोमिटर खण्ड राजमार्ग र आसपासको भागमा सरसफाई गरिएको हो ।

दमक नगर इसाइ समाजका अध्यक्ष धनबहादुर राई (आकाश), पास्टर राजकुमार राई लगायत समाजमा आवद्ध करिब एक सय जना सरसफाईमा प्रत्यक्ष सहभागी भएका छन । प्रदेश सभा सदस्य होमबहादुर थापाको प्रमुख उपस्थितीमा भएको सरसफाईका क्रममा इलाका प्रहरी कार्यालय दमकका सुरक्षाकर्मी, नेक्स्ट इरा इनर्जीका कर्मचारीहरुले समेत साथ दिएका थिए ।

Facebook Comments Box