दमक/ दमकबाट प्रहरीले विभिन्न मुद्धामा फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरु सबै अदालतको फैसला कार्यान्वयनका लागि कारागार चलान भएका छन ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक ३ का ३६ बर्षिय नगेन राई, दमक ८ का ४१ बर्षिय बेद प्रसाद सेढाइँ र दमक ८ का ४५ बर्षिय पवन लिम्बु अदालतको आदेश अनुसार छुट्टा छुटै मुद्धामा शुक्रबार जिल्ला कारागार चन्द्रगढी चलान भएका हुन । राईलाई २०६७ साल फागुन १७ गते जवरजस्तीकरणी मुद्धामा सजाय सुनाएको थियो भने सेढाइँलाई २०६९ चैत्र २० गते ठगी मुद्धामा र लिम्बुलाई २०७५ असार ५ गते सवारी ज्यान मुद्धामा कैद सजाँय सुनाएको थियो ।

 

Facebook Comments Box