दमक/ दमकमा १० बर्ष अघि स्थापना भएको दमक एकता युवा क्लबको भेलाले पुनः मणिराज धिमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
दमक ४ स्थित सोनालिका होटलमा भएको क्लवको विस्तारित भेलाले धिमालको अध्यक्षतामा कार्यसमिति पुर्नगठन गरेको हो ।
क्लवका सदस्यहरुको भेलाले उपाध्यक्षमा हेमन्त विश्वकर्मा,सचिवमा मदन कुमार बोहोरा ,सहसचिवमा गंगा आचार्य र कोषध्यक्षमा विजय धिमाललाई सर्वसम्मत चयन गरेको छ ।
क्लवका प्रमुख संरक्षक केन्द्र प्रसाईको अध्यक्षता र वडा सदस्य हुकुमबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको भेलाले कार्यसमिति सदस्यहरुमा कैलाश बस्नेत,शारदा भट्टराई, शुष्मा धिमाल, राम शिवा दर्जी, शुक्र धिमाल र सरीराज धिमाललाई चयन गरेको छ । भेलामा निष्कर्ष न्यूजका प्रकाशक/सम्पादक बिष्णु पौडेल , प्रेस चौतारीका झापा अध्यक्ष मनकुमार गदालले पनि शुभकामना मन्तव्य राखेका थिए ।
नवनिर्वाचित अध्यक्ष धिमालले क्लवलाई टिमको साथ सहयोगमा सक्रिय बनाएर सामाजिक कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
