दमक/ दमक १ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ सेकन्डरी स्कूलमा आज विद्यार्थीसंग कवि र कलाकारको सहभागितामा उत्प्रेरणा कार्यक्रम गरिएको छ ।
स्कुलको आफनै सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा कक्षा ८ ,९ र १० का दुई सय बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा वरिष्ठ लोकगायक एलपी जोशी र युवा कवि र सामाजिक अभियन्ता धनकुटे कान्छाले उत्प्रेरणा प्रदान गरेका हुन् ।
सहजकर्ताले सृजनात्मक सोंचाई, सृजनात्मक लेखन, उत्प्रेरणा र व्यक्तित्व विकास सम्बन्धि सिकाई अनुभव प्रदान गरेका थिए ।
कार्यक्रममा कवि धनकुटे कान्छाले विभिन्न चराहरुका आवाज निकालेर मनोरञ्जन प्रदान गरेका थिए भने गायक जोशीले आफ्नो चर्चित लोकगीतहरु गाएर विद्यार्थीहरुलाई थप हौसल्लासहित मनोरञ्जन प्रदान गरेका थिए ।

बिद्यालयका संस्थापक निर्देशक मनोज राईको अध्यक्षता सम्पन भएको सो कार्यक्रमले विद्यार्थीहरुको सकरात्मक सोचाईमा सहयोग पुग्ने प्रिन्सीपल चन्द्रप्रकाश राईले बताएका छन् ।

Facebook Comments Box