दमक/ दमक नगरपालिका वडा नं ८ ले वडा मेलमिलाप केन्द्र गठन गरेको छ । नगरपालिकामा रहेको न्यायिक समितिको कार्यसम्पादनमा सहयोग पुरयाउने उद्धेश्यले न्यायिक समिति अन्तर्गत वडास्तरमा मेलमिलाप केन्द्र गठन गरेको हो ।
वडा सदस्य ममता गजमेर (रसाइली) को संयोजकत्वमा गठन गरिएको मेलमिलाप केन्द्रको सदस्यमा पार्वता खतिवडा पौडेल, हरिप्रसाद न्यौपाने, त्रैलोक्य रिजाल, दुर्गामाया शिवाकोटी, बिमला धमला, गंगा राई, सुशीला गौतम, नरेन्द्र दाहाल, हेमराज सुवेदी र भवानी प्रसाद चापागाइँ रहेका छन । बुधबार वडा कार्यालयमा वडाध्यक्ष धर्मप्रसाद दाहालको अध्यक्षता र न्यायिक समितिका सदस्य कमल श्रेष्ठ, कानुन अधिकृत माधब बस्नेत लगायतको उपस्थितीमा सो केन्द्र गठन गरिएको वडा सचिव सन्दिप सुवेदीले जानकारी दिए । यसअघि सो वडामा मिना प्याकुरेलको संयोजकत्वमा मेलमिलाप केन्द्र रहेको थियो ।