दमक। अन्तराष्ट्रिय झापाली समाजका निर्वतमान अध्यक्ष छत्र सुब्बा फुरुम्बो सम्मानित भएका छन् ।
सहारा नेपालको २८औ बार्षिकोत्सवका अवसर पारेर मंगलवार उनलाई सम्मान गरिएको हो । झापामा सञ्चालित कोभिड रोकथाम तथा उपचारमा महत्वपूर्ण योगदान पुरयाँएको भन्दै सुब्बालाई सम्मान गरिएको सहारा नेपालले जनाएको छ ।
विर्तामोडमा आयोजित सहाराको बार्षिकोत्सव समारोहका बीच उनलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सम्मान पत्र प्रदान गरिन् । दमक ५ निवासी सुब्बा हाल हङकङमा बस्दै आएका छन् । सामाजिक कार्यमा सक्रिय सुब्बाले कोभिडका समयमा दमकसहित झापाका १५ वटै स्थानीय तहमा कोरोना रोकथामका लागि पिसिआर किट, पिपिई,अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्यका सामाग्रीहरु उपलव्ध गराएका थिए ।