दमक/ पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाइ नगरपालिका वडा नं ८ लक्ष्मीपुरमा मोटरसाइकलको ठक्करबाट एक जना बृद्धाको मृत्यु भएको छ । स्थानीय ६५ बर्षिया गीतादेवी खत्रीको उपचारका क्रममा गएराती मृत्यु भएको हो ।ट्राफिक प्रहरीका अनुसार पुर्व तर्फ आउँदै गरेको प्र१–०३–००१प १८४६ नम्बरको मोटरसाइकलले दक्षिणबाट उत्तर तर्फ बाटो क्रस गर्दै गरेकी खत्रीलाई सोमबार दिउँसो करिब २ बजे ठक्कर दिएको थियो । उनको विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।