दमक/   झापाको दमक ७ मा सञ्चालनमा आएको किओच दमक बाल अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरको पहिलो दिननै ४०० जना सर्वसाधारणले स्वास्थ्य परिक्षण गराएका छन ।  बालबालिकाकासँग सम्बन्धित र मुटु सम्बन्धि समस्याको लक्षण भएकाहरुले शिविरबाट लाभ लिएका हुन ।
शिविरमा विशेषज्ञ डाक्टरहरुले सेवा दिएका छन । अस्पातल सञ्चालन गर्ने काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थका अध्यक्ष समेत रहेका वरिष्ठ मुटु रोग विशेष डा.भगवान कोइरालाले शिविरमा सर्वसाधारण नागरिकहरुको उच्च सहभागिता हुनुले यस क्षेत्रमा यसको आवश्यकता र महत्वलाई उजागर गरेको टिप्पणी गरेका छन ।

अस्पताल परिसरमा पत्रकारहरुसँगको कुराकानीमा डा. कोइरालाले अस्पताल आफनो उद्धेश्य र लक्ष्य अनुरुप अघि बढने प्रतिबद्धता जनाए । डा. कोइरालाले सामाजिक क्षेत्र र यसखाले सेवाका काममा आफूले दमक र दमकबासीका बीचमा अत्यन्तै सौहार्दता र सकारात्मक भावना पाएको कारणनै यो अस्पताल सञ्चालनका लागि उर्जा मिलेको पनि बताए । अस्पतालमा बालबालिकासँग सम्बन्धित सबै खाले बिरामीको स्वास्थ्य परिक्षणसँगै उपचार सेवा प्रदान गरिने डा. कोइरालाको भनाई छ ।

अस्पताल सञ्चालनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकीले अस्पतालको व्यवस्थापन पक्षले यसको सञ्चालन गरेता पनि सम्पूर्ण दमकबासीले यसमा गर्व गर्न पाएको प्रतिक्रिया दिएका छन । यो अस्पताल प्रादेशिक बाल अस्पतालका रुपमा सञ्चालनमा आएको बताउँदै दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले यसलाई यो बर्षको दमक नगरकै गौरवका योजनाका रुपमा यसलाई लिइएको बताए ।

Facebook Comments Box