कमल/ नेकपा एमालेले सञ्चालन गरेको मिशन ग्रास रुट अभियान अन्तर्गत झापाको कमल ६ मा सेल्टरदाता र ज्येष्ठकम्युनिष्टहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा सेल्टरदाताहरु खुमनाथ निरौला, बेनुप्रसाद शिवाकोटी, नरेश शर्मा, अग्नीप्रसाद भट्टराई, कमल गुरागाँई, बुद्धिमान राई सहित पञ्चायतकालिन अवस्थामा पार्टी गतिविधि सञ्चालनका लागि महत्वपूर्ण योगदान पुर्याउने २१ जनालाई सम्मान गरिएको पार्टी वडा सचिव युवराज पाठकले जानकारी दिनुभयो ।
पार्टी निर्माण र संगठनका लागि महत्वपूर्ण योगदान पु¥याउनेहरुको सम्मानकालागि कार्यक्रम गरिएको वडा पार्टी उपाध्यक्ष दिपक खड्काले बताउनु भयो । कार्यक्रम पार्टीका वडा कमिटी अध्यक्ष तुलसी बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । अभियानका लागि कमल गाउँपालिकामा खटिनु भएकी पार्टी केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य ईन्दिरा गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु बेनुप्रसाद शिवाकोटी, मदन अधिकारी, डम्बर अधिकारी, जिल्ला सचिवालय सदस्य भिम राई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका वक्ताहरुले अगुवाहरुको त्याग र बलिदानीकै कारण नेकपा एमाले जनताको सवै भन्दा प्रिय राजनीतिक पार्टी भएकाले सुखी नेपाली, समृद्ध नेपालको अभिभारा यसले मात्रै पूरा गर्न सक्ने बताएका थिए ।
अभियान अन्तर्गत गाउँपालिकाका सवै वडाहरुमा नियमित विभिन्न गतिविधिहरु भई रहेको र जनस्तर सम्म एमालेको नीति कार्यक्रम तथा संगठन सुदृढीकरणका कार्यक्रमहरु भएको गाउँ कमिटी सचिव हरि ढकालले जानकारी दिनु भएको छ ।