दमक/ पाँचथरको फिदिम न.पा. –३ कान्छी दोकानमा कार दुर्घटना हुँदा झापा विर्तामोडकी १८ बर्षिया एक युवतीको मृत्यु भएको छ ।
शुक्रबार राती मेची लोकमार्गमा पाथीभरा दर्शन गरी बिर्तामोड तर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ९३४९ नम्बरको अल्टो कार आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल झरेर दुर्घटना हँुदा कारमा सवार विर्तामोड १ की १८ बर्षिया रस्मि भुजेलको घट्नास्थलमै मृत्यु भएको हो ।
कार चालक ४५ बर्षिय राजु भुजेल , ४० बर्षिया सीता भुजेल र ३९ बर्षिया लिला गम्भिर घाईते भएका छन । उनीहरुको अवस्था गम्भिर छ । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा प्रारम्भिर उपचार गरि विर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ ।