दमक/ नेकपा एमाले निकट उद्योगी, व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग व्यवसायी महासंघ दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ ।
कमिटीको अध्यक्षमा युवा व्यवसायी रमेश लुइँटेल, उपाध्यक्षद्धयमा चिरन न्यौपाने र लोकनाथ सापकोटा र सचिवमा निरोज आचार्य चयन भएका छन । त्यसैगरी सहसचिवहरुमा मोहन मगर, धनमाया बस्नेत, दुर्गानन्द साह , कोषाध्यक्षमा मधु गुप्ता र सहकोषाध्यक्षमा कमल सेन्चुरी चयन भएका जनाइएको छ । महासंघको प्रथम नगर अधिवेशनबाट निर्विरोध निर्वाचित सो कमिटीका सदस्यहरुमा सन्दिप न्यौपाने, नेत्रप्रसाद लुइँटेल, खेम प्रसाद तिवारी लगायत रहेका छन । नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवं झापा क्षेत्र नं ४ का सांसद एलपी साँवाको प्रमुख आतिथ्यमा सो अधिवेशन सम्पन्न भएको थियो । निर्वाचित पदाधिकारी एवं सदस्यहरुको सपथ ग्रहण समेत सम्पन्न भएको बताइएको छ ।
