दमक / कोशी प्रदेश नामांकनका विषयमा विरोध जनाउदै आन्दोलनमा उत्रिएका पहिचानवादीहरुले शुक्रवार झापाको कमल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
प्रदेश न.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आव्हानमा उनीहरुले घोषित आन्दोलनको कार्यक्रम अनुसार पालिकाको कार्यालयमा तालावन्दी गरेका हुन ।
विभिन्न ठाउँबाट सहभागी भएका आन्दोलनकारीहरुको एक समूहले चर्का नाराजुलुस गरि कार्यालयको चेनगेटमा कालोझण्डा गाड्नुका साथै तालावन्दी गरेका थिए ।
उनीहरुले पालिकाको कार्यालयसहित कमल २, ३ ,४ , ५ ,६ र ७ वडा कार्यालयमा पुगेर तालावन्दी गरेका आन्दोलनकारी नेता थाङसाङ लावतीले जानकारी दिए ।
गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोसी राखेसँगै राजनीतिक दलसंगै पहिचानवादीहरु शान्तिपूर्ण रुपमा आन्दोलित छन् । पूर्व घोषित कार्यक्रम अनुसार शुक्रबार (आज) सम्म पालिका तथा वडा कार्यालयहरुमा तालाबन्दी रहेको थियो । आन्दोलनका क्रममा मृत्यु भएका मोरङका लाजेहाङलाई राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने, पहिचानका आधारमा प्रदेशको नामांकन गरिनुपर्ने सो समुहको माग छ ।

Facebook Comments Box