दमक/ झापाको दमकस्थित मालपोत कार्यालयमा बैंकिङ सेवा शुरु भएको छ ।

बैंकमा सेवाग्राहीहरुले मालपोत कार्यालयमा बुझाउनु पर्ने सबै खाले सरकारी राजश्व दाखिला गरेर भौचर पेश गर्ने व्यवस्था गर्दै सो सेवा शुरु गरिएको हो ।

कार्यालयमा प्रभु बैंकले काउण्टर स्थापना गरेपछि सोहि बैंक मार्फत अब मालपोतमा बुझाइने सबै राजश्व सरकारलाई बुझाउन सकिनेछ । राजश्व वापतको रकम हिनामिना हुने गरेको चर्चाका बीच बैंकिङ सेवा मार्फत राजश्व बुझाउँदा सेवाग्राहीले बुझाएको रकम सरकारको राजश्वमा जम्मा हुने निश्चित भएको छ ।

विचौलियाहरुले कार्यालय बाहिरनै राजश्वका बिषयमा र कतिपय कागजी त्रुटी भएका कामहरु गरेवापत वार्गेनिङ गर्न सक्ने सम्भावना भने अझै टरेको छैन । यस अघि दमकको मालपोत कार्यालयमा सेवाग्राहीको काम अनलाइन सिस्टमबाट गर्ने क्रम शुरु भएपनि सर्भर नचल्ने, विभिन्न प्राविधिक कठिनाईहरु देखाउँदै सर्वसाधारणलाई हैरानी दिने र अबैध असुली गर्ने काम भने अझै रोकिएको छैन ।

Facebook Comments Box