दमक/ नेपाल उद्योग बाणिज्य महासंघको चैत २८–२९ मा हुने ५७ औं चुनावी साधारण सभाको मिति नजिकिँदै जाँदा केन्द्रीय सदस्यका उम्मेदवार गोकुल श्रेष्ठले चुनाव लक्षित देशव्यापी दौडाहालाई निरन्तरता दिएका छन । जिल्ला तथा नगर उद्योग वाणिज्य संघको खुल्ला तर्फबाट श्रेष्ठ केन्द्रीय कार्यकारिणी सदस्य पदका उम्मेदवारका रुपमा रहेका छन ।


दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका युवा उद्योगी व्यवसायीहरुमाझ लोकप्रिय व्यवसायी नेता श्रेष्ठले कोशी प्रदेश र मधेस प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका पदाधिकारी एवं व्यवसायी नेताहरुसँग भेटघाट र छलफल सकेर वाग्मती प्रदेशमा व्यस्त भएका हुन । उनलाई दमक उद्योग वाणिज्य संघले केन्द्रीय सदस्यको रुपमा प्रस्तुत गर्दैै संघको नेतृत्वनै चुनावी अभियानमा होमिएको संघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए ।
हामी देशव्यापी चुनावी अभियानमा छौं, व्यवसायी प्रतिनिधि नेताहरुले साथ, समर्थनको प्रतिबद्धता जनाउनु भएको छ– चितवनमा रहेका केन्द्रीय सदस्यका उम्मेदवार श्रेष्ठले निष्कर्ष न्यूजसँगको कुराकानीमा भने ।
सोमबार चितवनका तीन वटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा व्यवसायी नेताहरुसँग भेटघाट गरि आफना चुनावी एजेण्डाहरुबारे जानकारी गराउनुका साथै अहिलेको बिषम परिस्थितीमा महासंघले निर्वाह गर्नुपर्ने भुमिकाका बिषयमा अन्तरक्रियात्मक छलफल गरिएको छ ।
मधेश प्रदेश अन्तर्गत सप्तरीस्थित राजबिराज उवासंघका अध्यक्ष लालु प्रसाद अग्रवाल , लहानका अध्यक्ष बिकास शारडा, सिराहाका अध्यक्ष अभनाथ साह ,मिर्चैया अध्यक्ष हरिशंकर साह,बर्दिबास अध्यक्ष बिष्णु खड्का ,सिन्धुली अध्यक्ष अर्जुन श्रेष्ठसंग भेट गरि चुनावमा सहयोगका लागि अनुरोध गरिएको छ । त्यसैगरि, टोलीले उवासंघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकी , रौतहट,गौरका अध्यक्ष पन्डित जैसवाल ,बारा कलैया अध्यक्ष राज कुमार साह, बिरगंज अध्यक्ष अनिल कुमार अग्रवाल , जितपुर सिमराका अध्यक्ष मोहन शर्मा लामिछानेसंग भेटघाट गरि सहयोगका लागि अनुरोध गरिएको अध्यक्ष गुरागाईले बताए । चुनावी अभियानमा दमक उवासंघका तर्फबाट अध्यक्ष गुरागाइँ, प्रथम उपाध्यक्ष राजकुमार योङया लगायत सहभागी छन ।

Facebook Comments Box