दमक/ अमेरिकामा बस्दै आएका भुटानी शरणार्थी अरुण विश्वले आफनी छोरीको जन्म दिन मोरङको उर्लाबारीस्थित नमुना बाल गृहमा मनाएका छन । नेपाल आएको मौका पारेर अरुणले छोरी अनिसाको जन्म दिन बाल गृहमा बस्दै आएका बालबालिकाहरुसँग मनाएका हुन ।

उनले ५६ जना बालबालिकालाई कपडा प्रदान गर्दै भोजनसहित जन्मदिन मनाएका हुन ।   जन्मदिनमा अन्यत्र गरिने फजुल खर्चलाई कटौती गर्दै करिब ४१ हजार रुपैयाँ बराबरको सो सहयोगसहित छोरीको जन्मदिन मनाउन पाउँदा आफूलाई खुशी लागेको बताए । तीन दिन अघि भुटानी शरणार्थी शिविरका अपाङगता भएका तथा विपन्न ज्येष्ठ नागरिक (बृद्धबृद्धा) ६५ लाई समेत उनको समन्वय र सहयोगमा खाद्यन्न र घरायसी प्रयोजनका सामग्रीहरु सहायता स्वरुप उपलब्ध गराइएको थियो । दातृ निकायहरुले शरणार्थीलाई दिदैं आएको खाद्यन्न समेत कटौती गरेपछि शिविरमा बस्दै आएका शरणार्थीहरुको दैनिक जिवनयापनमा समस्या रहेको बुझेर सो सहयोग गरिएको थियो ।

Facebook Comments Box