दमक/ आज आइतबार विर्तामोड ३ पुण्डरी चोकबाट इलाम चुलाचुली ४ का एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले २७ बर्षिय सुरेश लिम्बुलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ १६ ग्राम ८०० मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
