दमक/ दमक ५ स्थित कर्नरस्टोन फाउण्डेशनले ७ औं बार्षिकोत्सव विशेष कार्यक्रम आज आइतबार सम्पन्न गरेको छ । श्रेष्ठ चोकमा रहेको मातृभुमी अतिथी गृहको सभाकक्षमा औपचारिक कार्यक्रम गरी फाउण्डेशनले बार्षिकोत्सव मनाएको हो ।
बिद्यालयका संस्थापक प्रिन्सिपल युवराज गजमेरले सो बिद्यालयले बालबालिकाहरुको मनोविज्ञानलाई ध्यानमा राखेर संस्कारसहितको शिक्षा प्रदान गर्दै आएको बताए । बालबालिकाहरुका लागि किताबी ज्ञान भन्दा बढी संस्कारसहितको व्यवहारिक शिक्षा महत्वपूर्ण हुने भएकाले सोही अनुरुप पठनपाठन सञ्चालन गरिआएको प्रिििन्सपल गजमेरले बताए ।
दमक नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख सोम प्रसाद गुरागाइँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हिमालय माविका पूर्व सहायक प्रधानाध्यापक नारायण शर्माले अहिले प्रविधिसँगै बालबालिकाहरुको पठनपाठन शैलीमा पनि परिवर्तन आएको बताए । उनले कर्नरस्टोनका उत्पादन बालबालिकाहरुको शैक्षिक भविष्य उज्वल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा अभिषेक दास, चन्द्र गजमेर लगायतको विशिष्ट आतिथ्य रहेको थियो । सो अवसरमा बालबालिकाहरुले विभिन्न साँगितिक तथा साँस्कृतिक प्रस्तुतीहरु समेत राखेका थिए । कार्यक्रममा अभिभावक तथा बिद्यार्थीहरुको उल्लेखीय उपस्थिती रहेको थियो ।

 

Facebook Comments Box