५० हजार घुससहित वडाध्यक्ष र सचिव पक्राउ

Author Nishkarsha News
२०७९ चैत्र ८, बुधबार २१:२१

दमक/ जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय सेवाग्राहीको काममा घुस बापतको ५० हजार रुपैयाँसहित पक्राउ परेका छन ।
जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनीहरुलाई बुधबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । घुस रकम लिइसकेको अवस्थामा सो रकमसहित जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी हस्पिटल नजिकैबाट उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको हो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्