दमक/ देशभरका क्याम्पसहरुमा आज भएको स्ववियु निर्वाचनको मत परिणाम धमाधम बाहिर थालेको छ । दमक बहुमुखी क्याम्पसमा मतगणना शुरु भएको छ । यस क्षेत्रकै सबैभन्दा ठुलो क्याम्पसका रुपमा रहेको दमक बहुमुखीमा ३३०८ बिद्यार्थी मध्ये ६२ प्रतिशत अर्थात २०५२ जना बिद्यार्थीले मतदान गरेका छन । दमक बहुमुखीमा सोबिम न्यौपाने नेतृत्वको टिम र निशेष राई नेतृत्वको दुई टिमबीच चुनावी प्रतिस्पर्धा रहेको छ ।
नेविसंघका न्यौपानेसहित तीन बिद्यार्थी संगठन समर्थित उम्मेदवार चुनावी मैदानमा छन भने अनेरास्ववियुका निशेष राईसहित अन्य तीन बिद्यार्थी संगठन समर्थित उम्मेदवार चुनावी मैदानमा छन । गौरादहस्थित गौरादह कृषि क्याम्पसको मत गणना सकिएको छ ।
सो क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका विक्रम तिवारी, सचिवमा पूर्णबहादुर राना र कोषाध्यक्ष झरना सुवेदीसहितको टिम विजयी भएको जनाइएको छ । गौरीगञ्ज बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका इस्तप हुसेन नेतृत्वको टिम विजयी भएको छ । सचिवमा निरबहादुर प्रधान र कोषाध्यक्षमा निरज मान्जीसहितको टिम विजयी भएको भर्खरै सार्वजनिक भएको छ ।