दमक/ दमक ८ स्थित घरबाट गत चैत १ गतेदेखि हराइरहेकी एक जना ८३ बर्षिया बृद्धाको शव झुण्डिएको अवस्थामा आज आइतबार फेला परेको छ ।
एकाएक परिवारको सम्पर्क बाहिर रहेकी सो ठाउँकी गोमादेवी पौडेलको शव चुलाचुली मोडस्थित रतुवमाई वृक्षारोपण आयोजनाको वन क्षेत्रमा आज साँझ फेला परेको हो । उनको शरिर सडन थालेको अवस्थामा शव भेटिएको पारिवारिक स्रोतले जनाएको छ । उनको शव परिक्षणका लागि दमक अस्पतालमा राखिएको छ । मृतक पौडेल पति गोेरख पौडेल र साइलो छोराबुहारीसहित दमक ८ स्थित आफनै घरमा बस्दै आएकी थिइन । उनका चार छोरा र दुई छोरीसहित नाती, नातिना छन ।
