धनकुटा/ धनकुटाको धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–९ कि ४५ बर्षीय मसिनि बि.क. रहेकी छन । प्रहरीका अनुसार हिजो शनिबार दिउँसो नदीमा लुगा धुने क्रममा चिप्लिएर लड्दा उनको नदीमा डुबेर मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।