दमक/ दमक ५ मा वडा मेलमिलाप समिति गठन गरिएको छ ।

वडा कार्यालयका अनुसार ११ सदस्यीय सो समितिमा निर्वाचित वडा सदस्य कृतिका भट्टराई, टेक बहादुर बुढाथोकी, भोवेन्द्र रिजाल , लक्ष्मी बराल, गिरिराज नेपाल, सीता कार्की, उर्मला ओली , नर्वदा गौतम अधिकारी, घनेन्द्र पाठक, दुर्गा कँडेल र हिम बहादुर अधिकारी रहेका छन् ।

समितिका सदस्यहरु मध्ये ३ जना कुनै पनि मुद्धाको छिनोफानोका लागि तोकिने छन् । सामान्यतया उजुरीका पक्ष र विपक्षीले रोजेका एक /एक सदस्य तथा उनीहरु दुई सदस्यले रोज्ने एक जना समेत गरी ३ जनाको समितिले छानविन गर्ने गरि व्यवस्था मिलाइएको वडाध्यक्ष इन्द्र गुरुङले बताए ।
वडा कार्यालमा परि आउने आफ्नो वडा भित्रका झैझगडा तथा अन्य बिषयका विभिन्न निवेदन/उजुरीहरुमाथि छानविन गरी समझदारी कायम भए मेलमिलाप गराउने नभए कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न समेत सक्ने व्यवस्था रहेको सो वडाका वडा सचिव भोसकुमार थुलुङले बताए ।

Facebook Comments Box