दमक/ दमकस्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित हिमावि आइडल २०७९ को उपाधि विदिता लामिछानेले जितेकी छन् ।
विद्यालयले पहिलो पटक हिमावि नृत्य र गायन तर्फ हिमावि आइडल छनोट प्रतियोगिता गरेको थियो । विद्यालयले नृत्य र गायन प्रतियोगिताको हिमावि आइडलको फाइनलका लागि तीन चरणमा प्रतिभा छानेको थियो ।
सो प्रतियोगिताको नृत्य तर्फ कक्षा सातमा अध्यायनरत छात्रा विदिता लामिछाने प्रथम हुँदै हिमावि आइडल जित्न सफल भएकी हुन् । यसैगरी कक्षा ८ की मञ्जिला ढुंगाना दोश्रो भइन भने भने कक्षा १० की एन्जिला गुरागाई र कक्षा १० की दिक्षा विक तेस्रो भएका छन् ।
यसैगरी नृत्यकै जुनियर तर्फ कक्षा ५ की यमना विक प्रथम भएकी छन् भने कक्षा २ की साधना भट्टराई दोस्रो र कक्षा २ की आस्था राई तृतीय भएकी छन् । गायनतर्फ कक्षा नौ कि सिर्जना सिटौला प्रथम भएकी छन् भने कक्षा ८ की नेहा खड्का र कक्षा १० का सन्तोष चौहान सान्तवना भएका छन् । हिमावि आइडल विजेतालाई छात्रवृत्तीसहितसहित सील्ड, प्रमाणपत्र, र नगद पुरस्कार प्रदान गरिएको विद्यालयका शिक्षक वीरवहादुर लावतीले जानकारी दिए ।
दमक वडा नं. २ का वडाअध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्यमा भएको फाइनल प्रतियोगिताको अध्यक्षता विद्यालयका प्रधानाध्यापक दोर्ण श्रेष्ठले गरेका थिए । सोही कार्यक्रमका विच विद्यालयले एसईईको तयारीमा रहेका विद्यार्थीहरुलाई शुभकामना समेत प्रदान गरेको छ ।
