पोखरीमा डुबेर मृत्यु

Author Nishkarsha News
२०७९ फाल्गुन २९, सोमबार १२:०२

भद्रपुर/भद्रपुर नगरपालिका–३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् । प्रहरीका अनुसार आइतबार हिजो दिउँसो साढे १ बजे पोखरीमा माछा मर्ने क्रममा डुबेर बेपत्ता भएका स्थानीय र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा मृत अवस्थामा फेला पारेका थिए ।
लिम्बुको कानुनी प्रकृया पुरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम पश्चात शव आफन्तको जिम्मा लगाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्