उदयपुर/ उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलस्थित घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार हिजो बेलुका सवा ५ बजे स्थानिय राम बहादुर मगरको दुईतले घरमा बिद्युत सर्ट भई आगलागी हुँदा उनका ६ बर्षीया छोरी जस्मिन मगर र २ बर्षीया छोरा रोजन मगरको जलेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरी टोली र स्थानीबासीको सहयोगमा ६ बजे आगो निभाइएको थियो । अभिभावक नभएको अबस्थामा घरमा आगलागी हुँदा घर भित्र रहेका दुई जना बालबालिका घरबाट बाहिर निस्कन नसकेर जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीबाट घरमा रहेका अन्नपात, लत्ता कपडा, भाडा बर्तन समेत जलेर नष्ट भएका छन ।

 

Facebook Comments Box