दमक/ दमक बहुमुखी क्याम्पसमा यहि चैत ५ गते हुने दमक बहुमुखी क्याम्पसको स्वबियु चुनावमा नेबिसङको नेतृत्वमा पाँच बिध्यार्थी संघसंगठनबीच तालमेल हुने भएको छ । नेबिसङका तर्फबाट सभापतिमा सोबिन न्यौपाने, सचिबमा दिपक मादेन र कोसाध्यक्ष्यमा नेकपा एस निकट अनेरास्वबियुका रबिन अधिकारी उम्मेदवार बन्ने भएका छ्न । नेबिसङ झापाका नेता नवराज ढकालले जसपा निकट बिध्यार्थी संगठन र अखिल छैटौका बीचमा समेत तालमेल गर्ने अन्तिम निर्णय गरेर स्वबियु चुनाबमा होमिएको बताए । दमक बहुमुखी क्याम्पसको स्वबियु मा यस अघि पनि नेबिसङले सभापति जितेको थियो । यश क्षेत्रको ठूलो शैक्षिक सस्थाको रूपमा दमक बहुमुखी क्याम्पस रहि आएको छ । यस पटकको निर्वाचनमा करिब ३ हजार २ सय बिध्यार्थी यो क्याम्पसमा मतदाताका रूपमा रहेका छ्न ।