दमक/राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका अध्यक्ष छत्रबहादुर प्रधानले ज्येष्ठहरुका समस्याप्रति सरकार गम्भिर हुनुपर्ने बताएका छन् ।
शान्ति तथा सञ्चार मञ्च नेपालले झापाको दमकमा शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको संसोधित ज्येष्ठ नागरिक ऐन २०६९ लाई सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।
उनले देशभर विभिन्न नाममा ज्येष्ठ नागरिकहरु संगठित भएका भएपनि साझा संस्थाको रुपमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ रहेकाले महासंघ मातहात आउन सबैलाई आग्रह गरेका छन् ।
कार्यक्रममा ज्येष्ठ नागरिक संगठनका नेतृत्वहरु भवानी प्रसाद दाहाल, जयप्रसाद संग्रौला, लक्ष्मी थपलिया, रघुनाथ खरेल लगायत ठूलो संख्यामा ज्येष्ठ नागरिकहरुको उपश्थिति रहेको थियो । झपामा ४६ सय बढी ज्येष्ठ नागरिकहरुले आजिवन सदस्यता लिएर संगठित भइसकेका छन् ।

Facebook Comments Box