शिबसताक्षी/ झापाको शिबसताक्षी–७ फाक्तेप स्थित बालसेवा आधारभुत विद्यालयका २८ जना स्काउट बिध्यार्थी दीक्षित भएका छ्न ।  आज बिधालयको प्राङ्गड्मा आयोजित बालसेवा स्काउट ट्रुप दीक्षान्त समारोहमा उनिहरुलाइ दीक्षित गरिएको हो ।
विद्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्किको अध्यक्षता तथा नगर उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा स्काउट दीक्षान्त समारोह सम्पन्न भएको हो । विद्यालयका स्काउटर शिक्षक सन्तोष खत्रीका अनुसार ३२ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।  उनले भने–सातामा प्रत्येक शुक्रबार गरी २४ सातासम्म आयोजित तालिममा सहभागि भएपछि उनीहरुलाई दीक्षित गराइएको हो ।
सो कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी नगर उपप्रमुख कार्कीले स्काउट एक अनुशासित, मर्यादित र चरित्रवान् व्यक्ति उत्पादन गर्ने सामाजिक संस्था भएकोले सबै दिक्षीत बिद्यार्थीहरु मर्यदित भएर लाग्न अनुरोध गरिन । उनले भनिन नेपालको प्रजातन्त्रको उदयपछि देशभर शैक्षिक जागरणका निम्ति स्काउटको स्थापना भएको र त्यस मार्फत जागरणका अभियानले प्रभावकारी काम गरेको समेत बताउदै आगमी बजेट्मा स्काउट्को लागि पनि नगरको तर्फबाट आर्थिक सहयोग गर्ने आस्वशन दिइन । २००९ सालमा गठित स्काउट विगतमा सिमित क्षेत्रमा क्रियाशील भए पनि देशैभरी सक्रिय बनाउने उद्देश्यले सबै पालिका मार्फत सञ्चालन हुने गरी व्यवस्था भएको शिवसताक्षी स्काउट सम्योजक डिगम पराजुलीले जानकारी दिए ।
कार्यक्रममा झिलझिले माध्यमिक बिधयलयका बिध्यल्य ब्यबस्थापन समितिका अध्यक्ष पर्शुराम ढुङ्गना,बालसेवा आ बि का सल्लाहकार सम्योजक जीतेन्द्रराज चेम्जोङ्ग, उक्त बिध्यलयका बिध्यलय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुन लगयतले शुभकामना मन्तव्य  राखेका थिए ।   स्काउटर तथा सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ, वाडा सदस्य पुजा नेपाली,इन्दिरा श्रेष्ठ बिधयलयका बि ब्य स सदस्री प्रेम रोक्का लगयत सरोकारवाला ब्यक्ति शिक्षक ,बिध्यर्थीहरुको सहभागिता रहेको कार्यक्रमको सन्चालन स्काउट शिक्षक सन्तोष खत्रीले गरेका थिए । २०३० सालमा स्थापना भएको यश बिध्यालयमा हाल कक्षा नर्सरी देखि कक्षा आठ सम्म अंग्रेज़ी माध्यमबाट पठन पाठन भैइ रहेको छ भने नगरले नमुना बिध्यालयको रुपमा सुचिकृत गरेको प्र अ बेनु प्रसाद कार्कीले बताए ।
Facebook Comments Box