भद्रपुरमा लागुऔषधसहित चुलाचुलीकी महिला पक्राउ

Author Nishkarsha News
२०७९ फाल्गुन २६, शुक्रबार २०:५२

दमक/ भद्रपुर नगरपालिका वडा नं ५ मेचीपुलबाट प्रहरीले इलाम चुलाचुली १ की एक महिलालाई १६ ग्राम लागुऔषध ब्राउनसगुरसहित पक्राउ गरेको छ ।
प्रहरी टोली र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नं.१–०१–०१३ प.१९७३ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा ३४ बर्षिया मञ्जु चापागाईँलाई शुक्रबार बिहान करिब साढे १० बजे पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १६ ग्राम ८०० मिलिग्राम, नगद नेपाली रु.५,०७५।– र एक थान रेडमी मोबाईल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्