दमक/ झापाको कमल गाउँपालिका ४ मा आगलागीबाट पीडित एक परिवारलाई नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले राहत सामाग्री प्रदान गरेको छ । स्थानीय भिमबहादुर श्रेष्ठको घरमा बस्दै आएकी मैयादेवी खड्काको सामान २२ फागुनको मध्यरातमा भएको आगलागीको कारण जलेर नष्ट भएको थियो । स्थानीय खेमबहादुर गुरुङले सञ्चालन गर्दै आएको पसलमा आगलागी भएको थियो । रेडक्रसले खड्कालाई पुर्नास्थापना गराउन एक थान ट्रिपल ,भाँडाकुडा, लत्ताकपडा , आलु, चामल ,तेल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरेको रेडक्रस सोसाइटीका उपशाखा सचिव पारसमणी राईले जनाएका छन् ।
बुधबार घटनास्थलमा पुगेर रेडक्रस सभापति चन्द्र साहसहितको रेडक्रसको टोलीले राहत सामाग्री हस्तान्तरण गरेको हो ।
राहत हस्तान्तरणमा सभापति साहसचिव,सचिव राई, कोषाध्यक्ष प्रमोद दाहाल,सदस्य तुलसी तिवारी, नरेन्द्र जनता माविका शिक्षक नायक रामकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
