दमक/ लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मूल नारासहित आज ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ ।
दिवसको अवसरमा विभिन्न राजनीतिक दल, भंगिनी संगठन तथा अन्य सामाजिक संघ संस्था र अधिकारवादीहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन ।
यसै अवसरमा आज बिहान नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघको दमक नगर कमिटीले शुभकामना आदनप्रदान तथा नगर अधिवेशनको आयोजना गरेको छ । दमकस्थित पार्टी कार्यालयमा आयोजना हुने सो कार्यक्रममा पार्टी सम्बद्ध नेता, कार्यकर्ताहरु सहभागी हुने जनाइएको छ । यसै अवसरमा दमकमा भायनेट कम्युनिकेशनमा आवद्ध श्रमिक महिलाहरुको अगुवाईमा बिहान नाराबाजीसहित प्रभातफेरीको आयोजना गरिएको छ । सहभागीहरुले महिला हिंसा अन्त्य अन्त्य गरौं, महिला पुरुष बराबरी, समान काम, समान ज्याला लगायतका नाराहरु लगाउँदै दमक चौक, भृकुटी चोक लगायतका मुख्य भागको परिक्रमा गरेका थिए ।
