दमक/ झापाको अर्जुनधारा ११ नयाँ बसपार्कस्थित पशुपतिनगर होटल एण्ड लजमा बस्दै आएका तीन जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका वडा नं. ९ का २१ बर्षिय प्रेम सागर सावा, मेचिनगर नगरपालिका वडा नं.१२ का २० बर्षिय मनिस बराल र मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.४ की १९ बर्षिया तिलु राईलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २ ग्राम ५०० मिलिग्रामसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box