दमक/ प्रेस चौतारी नेपालले कोशी प्रदेश घोषणाको स्वागत गरेको छ । चौतारीको प्रदेश कमिटीको बैठकले लामो समय सम्म नाम बिहिन प्रदेशको नाम कोशी प्रदेश राखेकोमा प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सहित प्रदेश सभाका सवै सदस्यहरुलाई धन्यवाद पनि दिएको छ ।
बिराटनगरमा सम्पन्न चौतारीको कोशी प्रदेश कमिटीको बैठक ७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।
घोषणा पत्रमा प्रदेशको नामाकरणका लागि मुख्यमन्त्री तथा प्रदेश सभालाई धन्यवाद दिने सहित व्यसायीक तथा सांगठानिक विषयहरु समेटिएको छ । बैठकले प्रदेश कमिटी सदस्य सुमन सुस्केराको संयोजकत्वमा हिमाल दाहाल र रञ्जना अधिकारी रहेको समिति गठन गरेको थियो । समितिको मस्यौदालाई बैठकले अनुमोदन गरेको हो ।
बैठकमा एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठक, संगठनका महासचिव हिरामान लामा, केन्द्रिय सचिव तथा प्रदेश ईन्चार्ज विक्रम लुईटेल, केन्द्रिय सदस्य तथा प्रदेश सहईन्चार्जहरु टीकाराम उप्रेती, देवेन्द्र कार्की, केन्द्रिय सदस्यहरु सन्तोस आचार्य, कमल रिमाल, सन्तोस काफ्ले, नेपाल पत्रकार महासंघ मोरङ्का अध्यक्ष सञ्जिव खनाल लगायतको आतिथ्यता रहेको थियो ।
संगठनका प्रदेश कमिटी अध्यक्ष अविजाल विष्टले प्रदेश कमिटीले हालै संगठनको कार्यालय सञ्चालनमा ल्याईएको, विभिन्न जिल्लामा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिएको एवम् आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिने बताए । बैठकले महासचिव गोपाल झापालीले पेश गरेको सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष युवराज विवशले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
बैठकलाई संवोधनका क्रममा प्रमुख अतिथी पाठकले पार्टीले शुरु गरेको मिशन ग्रासरुट अभियानले एमालेलाई जनताका विचमा अझ बढि बलियो पार्ने बताए । अभियानका प्रदेश संयोजक समेत रहेका पाठकले जनताका विचमा सवै भन्दा बलियो र लोकप्रिय पार्टी नेकपा एमालेनै रहेको र जारी अभियानले पार्टी र जनताको सम्वन्धलाई थप सुदृढ बताउनु पनि बताए ।
अभियानका लागि सवै स्थानीय तह सम्म नेताहरु परिचालित भएको उल्लेख गर्दै एमालेले गरेका राम्रा कामहरु जनता सम्म लैजान र जनताका अपेक्षा तथा गुनासाहरु पार्टी सम्म ल्याउन पनि अभियान सफल हुने उनको भनाई थियो ।
विशिष्ट अतिथी चौतारीका महासचिव हिरामान लामाले संगठनले सधैं व्यवसायीक पत्रकारीता, श्रमजिविको सुरक्षा, क्षमता विकास लगायतका विषयमा जोड दिँदै आएको बताए ।
