दमक/ दमकमा सञ्चालित नवौं फुड फेस्टिवल आज (शुक्रबार) सकिएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा ११ फागुनदेखि शुरु भएको फेस्टिबलको औपचारिक कार्यक्रमकाबीच समापन गरिएको हो ।
होटल व्यवसायी महासंघ कोशी प्रदेश समिति अध्यक्ष राजन दंगालको प्रमुख आतिथ्यमा भएको फेस्टिबल समापनका अवसरमा फेस्टिवल सञ्चालनमा सहयोग पुरयाउने व्यवसायिक कम्पनी फर्म, स्टलका सञ्चालक तथा योगदान दिने व्यक्ति तथा संघ संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सो अवसरमा होटल व्यवसायीहरुको हितमा योगदान दिएको भन्दै पत्रकार पकंज दाहाललाई नगद पुरस्कारबाट पुरस्कृत समेत गरिएको थियो । संघका अध्यक्ष तथा समापन कार्यक्रमका सभापति योगराज दंगाल , प्रमुख अतिथी दंगाल , होटल व्यवसायी संघका सल्लाहकार ज्ञानबहादुर कार्कीले पत्रकार दाहाललाई नगद ५ हजार पुरस्कार र मायाको चिनो प्रदान गरेका थिए ।
फेस्टीबल अवधिभर मनोरञ्जनात्मक सांगितिक कार्यक्रम प्रस्तुत गरिनुका साथै खाद्यन्नका विभिन्न परिकारहरुका स्टल राखिएको थियो । शुक्रबार अन्तिम दिन चर्चित कलाकार जी बब ( सुदिप भण्डारी) को प्रस्तुतीले दर्शकहरुलाई तानेको थियो ।
सो कार्यक्रमको व्यवस्थापन संयोजकका रुपमा महासंघका केन्द्रीय सदस्य भुपेन्द्र न्यौपानेले भुमिका निर्वाह गरेका थिए ।
