दमक/ दमकका एक जनालाई पिकअपमा अबैध सुपारीसहित प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका वडा नं.६ मा दक्षिणबाट उत्तर तर्फ जादैं गरेको प्र.१–०२–००२ च ५४३२ नम्वरको पिकअप गाडीमा राखेर लैजाँदै गरिएको २ हजार केजी सुपारीसहित दमक १ का २८ बर्षिय मुकेश चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चौधरीलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
