दमक/ झापा दमकमा रहेर लामो समयदेखि सामाजिक तथा व्यवसायीक क्षेत्रमा स्थापित लायन्सकर्मी बबरजंग थापा किरणलाई लायन्स क्लब इन्टनेशनल डिस्ट्रिक ३२५ सीको सेकेण्ड भाइस गभर्नरका रुपमा उभ्याउन झापाली लायन्सकर्मीहरु एकबद्ध भएका छन ।

दमकको पहिलो लायन्स क्लबका रुपमा रहेको लायन्स क्लब माउण्ट एभरेष्टका संस्थापक सदस्य समेत रहेका थापालाई माउण्ट एभरेष्टले आज शुक्रबार औपचारिक कार्यक्रम गरी भाइस गभर्नरका लागि उम्मेदवारी प्रस्ताव गरेको हो । लायन्स क्लब इन्टरनेशनल ३२५ सीका गभर्नर धिरज गुरुङको प्रमुख आतिथ्य र माउण्ट एभरेष्टका अध्यक्ष भगवान बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा सेकेण्ड भाइस गभर्नरका अर्का आकांक्षी वर्तमान सेक्रेटरी लिला चिमरियाले सहमति , सहकार्य र एकताको मुलमन्त्रलाई आत्मसाथ गर्दै आफनो दाबी छोडेर सन लायन्स बर्ष २०२३/०२४का लागि थापालाई सो पदमा समर्थन गर्ने प्रतिबद्धता जनाए ।


सो अवसरमा दमक नगरपालिकाकी उपप्रमुख समेत रहेकी रेगिना भट्टराई प्रसाइँले लायन्सकर्मीहरु हरेक क्षेत्रमा योग्य नेतृत्व स्थापित गर्न सधैं निर्णायक भुमिकामा रहने गरेको स्मरण गरिन ।
दमक जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, पूर्व अध्यक्ष प्रकाश प्रसाइँ लगायतले लायन्सको क्षेत्रमा झण्डै दुई दशक बिताएका थापालाई अब सहायक सेकेण्ड भाइस गभर्नरमा अघि सार्नुको विकल्प नरहेको भन्दै आआफनो ठाउँबाट देशैभर अभियानमार्फतनै लायन्स क्लबहरुलाई सो बिषयमा सुसूचित गर्नुपर्ने औंल्याए । कार्यक्रमको सञ्चालन लायन लिडर नेत्र चम्लागाइँले गरेका थिए ।


सो अवसरमा दमकमा क्रियाशील लायन्स क्लबहरुका अतिरिक्त अन्य विभिन्न सामाजिक संघ संस्था र राजनीतिक नेतृत्वहरु समेत ठुलो संख्यामा उपस्थित थिए ।

को हुन बबरजंग थापा ?

लायन्स क्लबका क्षेत्रमा १९ बर्षदेखि सक्रिय बबरजंग थापा अन्य क्षेत्रमा पनि उत्तिकै सक्रिय छन । तर सामाजिक क्षेत्रमा लायन्स क्लब मार्फतनै आफूलाई परिचित गराएका थापा हाल डिस्ट्रिक ट्रेजर (कोषाध्यक्ष)को भुमिकामा छन । यस अघि उनी इन्भायरोमेन्ट चिफ ( वातावरण प्रमुख) थिए ।
वर्ष २०१३/२०१४ मा क्लव अध्यक्ष भएर लायन्सको विभिन्न पदीय जिम्मेवारी कुशलतापूर्वक बहन गरेका थापा दमक उद्योग वाणिज्य संघका पूर्व तृतीय उपाध्यक्ष, नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका उपसचिव, दमक नगरपालिका खेलकुद समितिका पुर्व सदस्य समेत हुन ।

यहाँको राजनीतिक तथा सामाजिक बिकासमा विशिष्ट योगदान दिएको थापा परिवारका स्वर्गीय खडगबहादुर थापाको पुत्ररत्नका रुपमा रहेका उनले लायन्सको नेतृत्वमा रहँदानै बाढी पीडित, कोरोना पीडित, भुकम्प पीडित तथा विभिन्न प्राकृतिाक प्रकोपमा परेका नागरिकहरुको राहत तथा उद्धारमा सक्रिय भुमिका खेलिसकेका छन । मानवीय सेवाको उच्च भावना राखेर सक्रिय थापाको पहलमा असहाय तथा विपन्नहरुको उपचार, अपाङगता भएकाहरुलाई सहायता सामग्री वितरणका साथै स्वास्थ्य शिक्षाका क्षेत्रमा समेत थापाको पहलमा उत्तिकै कार्यहरु भएका छन ।

Facebook Comments Box