दमक/ लायन्स क्लब अफ झापा दमकले दमकका स्थापित युवा उद्यमी एवं लायन्स क्लब मार्फत सामाजिक क्षेत्रमा क्रियाशील युवा व्यक्तित्व अजय अग्रवाललाई लायन्स क्लव ईन्टरनेशनल ३२५ सी अन्तर्गत लायन बर्ष सन् २०२३÷०२४ का लागि सेकेण्ड भाइस गर्भनरमा अघि सारेको छ ।


बुधबार साँझ एक औपचारिक कार्यक्रमकाबीच सो क्लबले झण्डै दूइ दशक अघिदेखि निरन्तर लायन्स क्लवको माध्यमबाट सामाजिक सेवामा क्रियाशील अग्रवाललाई सो पदमा अघि सारिएको घोषणा गरेको कलबका सचिव विष्णुप्रसाद पोखरेलले जानकारी दिए । क्लबका अध्यक्ष अशोक चौधरीले क्लबका तर्फबाट अग्रवाललाई सो पदमा सर्वसम्मत अघि सार्ने निर्णय भएको बताए । हाल ग्लोबल सर्विस टीम डिस्ट्रिक कोअर्डिनेटर रहेका अग्रवालले हालको सर्वसम्मत नेतृत्वका लागि सहजिकरण गरेका थिए ।
सामाजिक सेवामा क्रियाशिल रहने लायन्स क्लवहरुको हवको रुपमा विकास हुँदै गएको दमकबाट लायन्सको डिस्ट्रिकको महत्वपुर्ण जिम्मेवारीमा पुर्याउने अवसरको रुपमा हामीले अग्रवाललाई सर्वसम्मत रुपमा अघि सारेका हौ र सबैको साथ रहने विश्वास गरेका छौ, –चौधरीले भने ।
लायन्स क्लव अफ झापा दमकका सचिव पोखरेलले अग्रवाललाई डिस्ट्रिकमा गर्वनर बनाउनका लागि सबैको सहयोग प्राप्त हुने विश्वास लिईएको बताए । अग्रवालको लायन्सको लगाव तथा योगदानका साथै काम गर्ने दृढता उच्च भएकाले सर्वसम्मत रुपमा उनलाई अघि सारिएको पोखरेलले जनाए ।
ब्यवसायसंगै सामाजिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रुपमा काम गर्दै आएका छन् । लायन्स क्लवका बिभिन्न जिम्मेवारीहरु समेत कुशलतापुर्वक सम्हाल्दै आएका छन् ।

 

Facebook Comments Box