दमकको हंसेदुम्से वन भित्र आगो लाग्यो

Author Nishkarsha News
२०७९ फाल्गुन १८, बिहीबार २०:११

दमक/  दमकको उत्तरी क्षेत्रमा रहेको हंसेदुम्से सामुदायिक वनमा आगो लागेको छ । दमक ३ स्थित बाघखोर चोकमा रहेको वडा कार्यालयबाट उत्तर तर्फ जंगलमा आज साँझदेखि लागेको आगो फैलिँदै गएपछि दमक नगरपालिकाको वारुण यन्त्र त्यहाँ पुगेको वन उपभोक्ता समुहका सचिव विरेन्द्र पोखरेलले जानकारी दिए । जंगलमा के कारणले आगो सल्किएको हो भन्ने विस्तृत खुलेको छैन ।

 

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्