मोरङ/ मोरङको सुनवर्सी नगरपालिका–१ का १४ बर्षीय एक बालकको हत्या आरोपमा एकै परिवारका पति पत्नीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्थानीय ३५ बर्षीय बिरेन्द्र पाश्वान र उनकी ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेका छन् ।
उनीहरुले सुनवर्सी नगरपालिका–१ का डिल्ली बहादुर माझीको १४ बर्षीय छोरा विशाल माझीको हत्या गरेको आरोप छ ।
फागुन ११ गते बेलुका घरबाट बाहिर निस्किएका माझीको शव सोही ठाउँमा रहेको पोखरीको डिलमा हत्या गरेर गाडेको अवस्थामा बुधबार फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय रङ्गेलीबाट प्रहरी अधिकृतको कमाण्डमा खटिएको टोलीले बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला पारेको हो । घटनाबारे इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

 

Facebook Comments Box