दमक / दमक उद्योग वाणिज्य संघले अग्नीपीडित तीन जना व्यवसायीलाई व्यवसायी हित कोषमार्फत जनही रु ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

संघले आगलागीस्थलमा संक्षिप्त कार्यक्रम गरि एकैसाथ राहत सहयोग प्रदान गरेको हो । गत माघ १ गते भएको आगलागीबाट पीडित बनेका दमक ६ स्थित नमुना वजारका व्यवसायीहरु संगीता श्रेष्ठ,गजराज श्रेष्ठ र विजयकुमार श्रेष्ठलाई राहत सहयोग हस्तान्तरण गरिएको अध्यक्ष गोपाल गुरागाईले बताए ।

त्यहाँ उनीहरुसहित नौ जनाको पसल आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको थियो । संघ मार्फत कोषमा आवद्ध भएका सदस्यहरुलाई विपतका समयमा राहत पुरयाँउन छुट्टै कोष स्थापना गरिएको र त्यसबाट प्राप्त हुने व्याजमार्फत सहयोग पुरयाँउदैआएको अध्यक्ष गुरागाईले बताए । कोषमा अहिले रु ९० लाख बढी रकम संकलन भईसकेको छ ।

राहत हस्तान्तरणमा संघका अध्यक्ष गुरागाईसहित पूर्व अध्यक्ष विजय बराल,संघका बरिष्ठ उपाध्यक्ष राजु खड्का, तृतीय उपाध्यक्ष रुवल अधिकारी,सदस्यहरु सञ्जीव बराल,हेमसिंह अधिकारीलगायतको उपस्थिति रहेको थियो । यसैगरि,आजनै संघले आफना सदस्य लक्की सिटौलाका पिता स्व . लेखनाथ सिटौलाको निधनमा समवेदनासहित श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।  

Facebook Comments Box