दमक/ मोरङको बुढिगंगा गाउँपालिका–४ कोशी राजमार्र्गमा मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक सप्तरी सप्तकोशी गाउँपालिका– १ का १९ बर्षीय निसान चौधरी र पछाडी सवार सुनसरी रामधुनी नगरपालिका– ९ का १६ बर्षीय समिर चौधरी रहेका छन् ।
सोमबार हिजो बिहान ९ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा घाईते भएका दुबै जनाको उपचारको क्रममा बिराट टिचिङ अस्पताल गंगा चौकमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।