दमक/ नेपाल बिद्यार्थी संघ दमक नगर नेतृत्वले दमक बहुमुखी क्याम्पसमा अध्ययनरत २९७ जना बिद्यार्थीहरुलाई सामुहिक रुपमा स्वागत गरेको छ । विभिन्न बिद्यार्थी संगठन परित्याग गर्दै नेपाली कांग्रेस सम्बद्ध नेविसंघमा प्रवेश गरेका उनीहरुलाई आइतबार कांग्रेस दमक नगर पार्टी कार्यालयमा औपचारिक कार्यक्रम गरेर उनीहरुलाई स्वागत गरिएको हो ।
सो अवसरमा जसपा निकट समाजवादी बिद्यार्थी संघका केन्द्रिय सदस्य सुनिल हताक्सु राई र बिद्यार्थी नेता दिपक मादेनको नेतृत्वमा सामुहिक रुपमा नेविसंघमा प्रवेश गरेका उनीहरुलाई कांग्रेस दमकले सम्मानपूर्वक स्वागत गरेको कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइँले बताए ।

नेविसंघ दमक नगर सभापति बिशाल अधिकारीको सभापतित्वमा आयोजित औपचारिक कार्यक्रममा कांग्रेस प्रदेश १ का सदस्य भुमि राईको प्रमुख आतिथ्य रहेको थियो । सो अवसरमा प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, जिल्ला उपसभापती शेरबहादुर भट्टराई, संबिधानसभा सदस्य विश्वदिप लिङदेन, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र सभापति रवि केसी न्यौपाने, नगर सभापती प्रसाइँ, नेविसंघ झापाका सभापति सञ्जय निरौला लगायतले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेका थिए । सो अवसरमा वक्ताहरुले बिद्यार्थी आन्दोलन र लोकतन्त्र प्राप्तीको ऐतिहासिक र गौरबपुर्ण ईतिहासको सम्मानका लागि बिद्यार्थीहरुले सामुहिक रुपमा चालेको यो कदमको विशेष महत्व रहने बताए ।
कार्यक्रमका वक्ताहरुले बिद्यार्थीहरु आफनो नियमित अध्ययनका अतिरिक्त नागरिक आन्दोलनका उपलब्धीहरुको रक्षा गर्दै परिवर्तन ,सुशासन र राजनीतिक स्थिरताको लागि खबरदारीमा लागिरहनु पर्नेमा जोड दिए ।

Facebook Comments Box