दमक/ पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।

लामिछानेसहित ३ जनालाई बिहीबारदेखि लागू हुने गरी जिल्ला अदालत चितवनले ५ दिनको म्याद थप गरेको हो ।

पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धान गर्न न्यायाधीश विनोदकुमार शर्माले म्याद थपको अनुमति दिएका हुन् । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयले म्याद थपको माग गरेको थियो ।

बिहीबार साँझ काठमाडौबाट चितवन ल्याइएका लामिछानेलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । लामिछानेको तर्फबाट बहस गरेका वकिल सुनिल पोखरेलसहितको टोलीले पुडासैनीले आत्महत्या गर्नुमा रवि लामिछानेले दुरुत्साहन गरेको प्रमाण नरहेकाले थुनामा नराखी अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेको थियो ।

Facebook Comments Box