दमक/ दमक उध्योग बाणिज्य संघको आयोजनामा दमकमा रहेका साना तथा मझौला ब्यवसायीहरुलाइ लक्षित गर्दै कर सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। संघको कार्यलयमा आन्तरिक राजश्व कार्यालय दमकको सहयोगमा कर प्रशिक्षण संचालन गरिएको संघका कार्यलय प्रमुख निरज बिष्टले जानकारी दिए ।

सो अवसरमा कर कार्यलय प्रमुख लब अधिकारी र कर अधिकृत लक्ष्मण कार्कीले कार्यलयमा ब्यवसायीहरुले बुझाउनु पर्ने कारोबार विवरण , कर र बिध्यमान कानुनले ब्यवस्था गरेका छुट सुबिधा आदिका बारेमा ब्यवसायीहरुलाई जानकारी गराएका थिए । संघको कर तथा राजश्व उपसमितिको संयोजनमा भएको कार्यक्रममा संघका अध्यक्ष गोपाल गुरागाईले मिसम्याचका कारण ब्यवसायीहरुले भोग्नु परिरहेको समस्या समाधानका लागि कर प्रशिक्षण फलदायी हुने बिश्वास ब्यक्त गरे । दमकका करिब १४०० ब्यवसायीक फर्ममा मिसम्याचको समस्या रहेको बताइएको छ ।

संघका अध्यक्ष गुरागाइले अहिले परेको समस्या समाधानका लागि सहजीकरण गर्दै यश उता आफ्नो कार्यकालमा मिसम्याचको समस्या कसैलाई पर्न नदिने गरि प्रशिक्षण संचालन गर्ने र आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको संचालन उपसमिति संयोजक हेमसिङ अधिकारीले गरेका थिए  । कार्यक्रममा संघका तृतीय उपाध्यक्ष रुवल अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

Facebook Comments Box