दमक । होटल ब्यवसायी संघको आयोजनामा बिहिवारदेखि दमकमा नवौं फुड फेस्टीबल शुरु भएको छ । पशुहाट छेउमा शुरु भएको फेस्टीबलको दमक नगरपालिका प्रमुख राम कुमार थापाले उदघाटन गरेका छ्न । उदघाटन कार्यक्रममा नगर प्रमुख थापाले होटल ब्यवसायीहरुलाई दमकको पर्यटन बिकासका लागि दीर्घकालीन खाकासहित अघि बढ्न सुझाए । उनले ब्यवसायीहरुले ल्याएको खाकामा स्थानीय सरकारले निर्वाह गर्नुपर्ने भुमिका निभाउन तयार रहेको बताए । एक अर्को प्रसङ्गमा थापाले दमक नगरपालिकाले लक्ष अनुसार आन्तरिक आम्दानी गर्न नसकेको र केन्द्रबाट समेत प्रक्षेपण गरिए अनुसार बजेट प्राप्त नभएको उल्लेख गरे । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाह, होटल ब्यवसायी महासङका उपाध्यक्ष रबिन गौतम , सचिब कुमार अधिकारी, नाटाका अध्यक्ष उदय श्रेष्ठ , होटल ब्यवसायी संघका प्रदेश अध्यक्ष राजन दङाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका क्षेत्रीय अध्यक्ष योगराज दङालको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन भुपेन्द्र नेउपानेले गरेका थिए । फेस्टीबलमा विभिन्न जातजातिको खानाका परिकारसहित कुल ३५ ब्यवसायीक स्टल रहने ब्यवस्थापन सम्योजक समेत रहेका संघका केन्द्रिय सदस्य नेउपानेले बताए ।

Facebook Comments Box